एमाले अध्यक्ष ओली उपचारका लागि बैङ्कक जादै, कार्यवाहकको जिम्मेवारी उपाध्यक्ष गौतमलाई

साउन ५, काठमाडौँ ।

नेकपा एमालेका नबनिर्बाचित अध्यक्ष केपी शर्मा ओली उपचारका लागि फेरी थाइल्याण्ड जाने भएका छन् । ओलीको पुरानो रोगको  संक्रमण बढेपछि उनी बैङ्कक जान लागेको उनी निकट स्रोतले जनाएको  छ ।

यसअघि बैङ्ककमा उपचार गराइरहेका ओली पार्टीको नवौ राष्ट्रिय महाधिबेशनका लागि स्वदेश फर्किएका थिए । कहिले जाने भन्ने मिति नतोकिए पनि एक दुइ दिनमै जाने तयारी भएको श्रोतले बताएको छ ।

ओली बैंकक जाँदा बरिष्ठ उपाध्यक्ष प्रधानमन्त्री बामदेब गौतम नै कार्यबाहक अध्यक्ष बन्नेछन् ।