महिला बास्केटबल टोली भारत प्रस्थान गर्दै

साउन ५, काठमाडौँ –

अल इन्डिया बास्केटबल च्याम्पियनसिपमा भाग लिन नेपाली महिला टोली आज भारतको तालिमनाडु जाँदै छ । च्याम्पियनसिपमा नेपाली महिला टोलीले पहिलो पटक फुल कोर्टमा खेल्न लागेका हुन् ।

जुलाई २५ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुमा कप्तान नयना शाक्य, तथा अन्य खेलाडिहरुमा अनुषा मल्ल ठकुरी, अलिशा मल्ल ठकुरी, सुजाता राई, समिचिन विष्ट रहेका छन् ।

त्यस्तै सदिना श्रेष्ठ, ज्ञानु गौचन, स्नेहा श्रेष्ठ, लुनिभा सिंह, भावना लामा, प्रीति तुलाचन तथा उपमा पोखरेल रहेका छन् । प्रशिक्षकमा विकास साही र व्यवस्थापकमा बसन्तराज गिरी छन् ।