मेडिकल फेल भई बर्सेनी हजारौं नेपाल फर्कदै

साउन ५, काठमाडौँ –

वर्षअघि एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा रोबिन भान पर्सीलाई ल्याउँदा स्ट्राइकर वायन रुनीको भविष्य संकटमा परेको थियो । अनुबन्धित भएको वर्षमै २२ गोल गर्दै भान पर्सीले म्यानचेस्टरलाई प्रिमियरसिप लिग उपाधि दिलाए ।

भान पर्सीले उत्कृष्ट प्रदर्शन गरेपछि रुनी लामो समय म्यानचेस्टरमा नरहने ब्रिटिस मिडियाले अनुमान गरेका थिए । तर, लामो समय म्यानचेस्टरलाई योगदान दिएको जनाउँदै फर्गुसनपछि आएका प्रशिक्षक डेभिड मोयसले उनलाई ओल्ड ट्राफोर्डमै राखे ।

अब नयाँ प्रशिक्षक लुइस भान गालले म्यानचेस्टरको कमान्ड सम्हालेपछि फेरि पनि रुनीको भविष्यमाथिको चर्चा सुरु भएको छ । विश्वकप फुटबल प्रतियोगिता र गत सिजनमा गतिलो प्रदर्शन गर्न नसकेपछि रुनी प्रशिक्षक भान गालको पहिलो रोजाइमा पर्न नसक्ने अनुमान गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

म्यानचेस्टरलाई उपाधि दिलाउने उद्देश्य राखेका प्रशिक्षक भान गालले नयाँ सिजनमा आफूलाई चाहेजस्तो खेलाडी अनुबन्धित गरिरहेका छन् । गत सिजनमा फिनिसिङमा कमजोर देखिएको म्यानचेस्टरलाई बलियो बनाउन उनी उरुग्वेका स्ट्राइकर एडिसन काभानीलाई अनुबन्धित गर्ने योजनामा छन् । पेरिस सेन्ट जर्मेन ९पिएसजी० का स्ट्राइकर काभानी पनि म्यानचेस्टर आउन इच्छुक छन् ।

ब्रिटिस मिडियाले रुनीलाई विस्थापित गर्न काभानी ल्याउन सक्ने जनाएका छन् । प्रिमियरसिप लिग सुरु हुनुअघि म्यानचेस्टर अमेरिकाको भ्रमणमा निस्कने तयारी रहेको छ । अमेरिका भ्रमणमा रुनीको परीक्षासमेत लिइनेछ । सो भ्रमणमा प्रशिक्षकलाई छाप छाड्न सके मात्र रुनीको भविष्य म्यानचेस्टरमा हुने ब्रिटिस मिडियाले दाबी गरेका छन् ।

प्रशिक्षक भान गालले आफ्नो पहिलो रोजाइमा नेदरल्यान्डकै स्ट्राइकर भान पर्सीलाई राख्ने सम्भावना छ । गत साता ब्राजिलमा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा भान पर्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसकारण भान पर्सीको भविष्य ओल्ड ट्राफोर्डमा सुनिश्चित छ ।

फर्ममा रहेका कारण भान पर्सीले अमेरिका भ्रमण गर्ने छैनन् । भान गालले अमेरिकामा ३–४–३ को रणनीति अपनाउनेछन् । अमेरिका जानुअघि नै भान गालले काभानीलाई भित्र्याउने सम्भावना रहेको छ । यस अवस्थामा रुनीको पार्टनरका रूपमा काभानीलाई एट्रयाकिङ मिडफिल्डरबाट प्रतिस्पर्धा गराउने योजना भान गालको छ ।
काभानीको एजेन्टले आफ्नो खेलाडीले इंग्लिस क्लबबाट खेल्ने जानकारी दिएको छ । गत वर्ष रुनीलाई पिएसजीले प्रस्ताव गरेको थियो । म्यानचेस्टरले रुनीलाई प्रिमियरसिपकै सर्वाधिक महँगो खेलाडीका रूपमा दुई वर्ष सम्झौता गर्दा पिएसजीले रुनीलाई भित्र्याउन सकेन ।