डोल्पाका दुवै विमानस्थलमा हवाई सेवा अवरुद्ध

 साउन ४,डोल्पा  –

सडक यातायातले छुन नसकेको डोल्पामा अहिले हवाई यातायात पनि बन्द भएको छ ।  वर्र्षाले विमानस्थलको धावनमार्ग हिलाम्मे भएपछि दुई सातादेखि हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट हुने उडान बन्द हँुदा सयाँै यात्रु अलपत्र परेका छन् ।

डोल्पामा जुफाल र मसिनाचौर गरी दुई विमानस्थल छन् । दुवै कच्ची रहेकाले थोरै पानी पर्नासाथ विमानस्थल हिलाम्मे हँुदा हवाई सेवा बन्द गर्ने अवस्था आउने गरेको नागरिक उड्डयन प्राधिकरण जुफालले बताएको छ ।     सडक यातायातले जाजरकोट र डोल्पाको सिमानामा पर्ने भगवती गाविसलाई मात्र छोएको छ ।