सिरहामा करेन्ट लागेर एकको मृत्यु

साउन ४,  सिरहा – करेन्ट लागेर आइतबार बिहान सिरहामा एक युवकको मृत्यु भएको   छ  । विष्णुपुर प्ररा–४ का स्थानीय ४० वर्षीय धर्मनाथ यादव मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादव घर अगाडिको बिजुलीको खम्बामा हुकिङ गरेर तार तानिरहेका यादव करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते यादवको उपचारका लागि मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको परिवारको भनाई  छ ।