गाजामा मर्नेको संख्या ३ सय ३० पुग्यो, महासचिव मुन त्यसतर्फ जाने

साउन ४, काठमाडौँ –

इजरायलले गाजामाथि गरेको आक्रमणमा मर्नेको संख्या थपिदै गएको छ । १२ दिन पुग्दासम्म ती आक्रमणमा परी मारिने नागरिकको सङ्ख्या ३ सय ३० पुगेको छ ।

गाजा क्षेत्रमा जारी राखिएको आक्रमणको क्रममा हिजो साँझसम्म ३ सय ३० प्यालेस्टिनीको मृत्यु भएको विविसिले लेखेको छ । हिजो मात्रै गाजा सहरका विभिन्न इलाकामा भएका इजरायली आक्रमणमा ५० जनाभन्दा बढीको  मृत्यु भएको थियो ।

गत १२ दिनयता भएका आक्रमणहरुमा कम्तीमा पनि दुई हजार प्यालेस्टिनी घाइते भएका छन् । ती मध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

यसैबीच गाजा क्षेत्रमा जारी रहेको हमलाको अवस्था रोक्न तथा उनीहरुमा शान्ति वार्ताको पहल गर्न संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन त्यसतर्फ जाने भएका छन् । उनी वार्ताको प्रयासकै लागि त्यसतर्फ जान लागेको राष्ट्रसंघीय एक अधिकारीले बताएका छन् ।