मन्थली विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

साउन ४, रामेछाप –

रामेछापको मन्थलीमा रहेको आकाशे विमानस्थल रहेको नेपाल आयल निगमको डिपोमा तेल नहुँदा काठमाडौं र सोलुखुम्बुको लुक्लासम्मको उडान एक महिनायता बन्द भएको छ । मन्थली एअरपोर्टको डिपोमा तेल सकिएपछि तेल लिन काठमाडौं हिँडेका कार्यालय प्रमुख अनिलनाथ उप्रेती महिना दिन बितिसके पनि जिल्ला फर्कनु भएको छैन । उप्रेती जिल्ला नफर्कंदा कर्मचारीहरुसमेत अन्यौलमा परेका छन् ।

विमान नचल्दा स्थानीय बासिन्दा आक्रोसित भएका छन् । मन्थलीबाट सोलुको लुक्ला विमानस्थलका लागि तारा, गोमा र काष्टमण्डपका गरी तीन हवाइ कम्पनीले सेवा दिँदै आएका छन् । इन्धन हुँदा दैनिक पाँच पटकसम्म मन्थलीबाट सामान बोक्ने जहाज तेल सकिएपछि सञ्चालनमा आउन सकेका छैनन ।हाल मन्थली एअरपोर्टबाट सोलुको लुक्लाका लागि तीन कम्पनीका जाहाजले चामल, नून, मासु,  न्टलगायतका सामान ढुवानी गर्दे आएकोमा जहाज बन्द भएपछि  सोलुको लुक्ला र आसपासको गाउँमासमेत सामनको हाहाकार भएको छ ।

नेपाल आयल निगमले मन्थली एअरपोर्टमा जहाजको चापलाई मध्यनजर राखि डिपोमा काठमाडौं पूर्व चल्ने सवै जहाज र हेलिकप्टरसमेतका लागि गत असारबाट विधिवत रुपमा इन्धनको डिपो सञ्चलनमा ल्याएको थियो ।