प्रेमीकालाई छाडेर नेपाल फर्कदैछन् पारस शाह

साउन ४,  काठमाडौं –
परिवारले थाई प्रेमिकालाई घरमा ल्याउन अनुमति नदिएपछि पूर्वयुवराज पारस शाह अर्को साता एक्लै नेपाल र्फकने भएका छन् , उनको भिसाको म्याद आउँदो २१ साउनमा सकिँदै छ ।

पारसले प्रेमिका कन्निकालाई सँगै काठमाडौं लिएर आउने अनुमित परिवारसित मागेका थिए । तर, प्रेमिकासँगै ल्याउँदा कान्छी ल्याएको सन्देश जाने भन्दै एक्लै आउन पारसलाई परिवारले आग्रह गरेको नयाँ पत्रिकामा खबर छ । स्रोतका अनुसार कन्निकालाई काठमाडौं ल्याए ‘नराम्रो’ हुने चेतावनीसमेत परिवारले पारसलाई दिएको छ ।

थाइल्यान्डमा पारसको भिसा म्याद आगामी साउन २१ मा सकिने भएकाले उनले म्यादभित्रै बैंकक छोड्नुपर्ने हुन्छ् । भिसा म्याद पुन नविकरण हुने सम्भावना नरहेको स्रोतको भनाई छ । काठमाडौं नफर्के उनी सिंगापुर वा अर्को कुनै मुलुक जानेछन् ।

पारसको गाँजासम्बन्धी मुद्दामा बैंकको अदालतमा ७ साउनमा सुनुवाई हुँदैछ ।