यार्साबाट कमाउन धेरै सन्तान, परिवार नियोजन गर्ने घटे

साउन ४, बझाङ ।

मेलबिसौना ३ का धन गिरी जेठाराले दुई पत्नीबाट १० छोराछोरी जन्माएका छन्। यार्सा टिपेर अझै धेरै कमाउने लोभका कारण उनले परिवार नियोजनसमेत गरेका छैनन्। ‘पहिले धेरै छोराछोरी भए भने कसरी पाल्ने भनेर चिन्ता हुन्थ्यो। अब त जसका धेरै छोराछोरी छन् उनीहरू नै धनी हुन्छन्। चिन्ता गर्ने कुरै छैन’, जेठारा भन्छन्।

थबचकबनगmदबयार्सा टिपेर जेठराको परिवारले बर्सेनि १० लाखभन्दा बढी कमाउँछ। जेठारा एउटा प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समयमा बझाङका दुर्गम गाउँमा यार्साका लागि सन्तान बढी जन्माउने र परिवार नियोजन नगर्ने प्रवृत्ति विकास भएको अन्नपूर्ण पोस्टमा खबर छ। जेठ(असार महिनालाई यहाँ ‘पैसा टिप्ने सिजन’ भनिन्छ। किनभने यही समयमा गाउँका मानिस यार्सा टिपेर वर्षभरिको गुजारा जुटाउँछन्। कमाइको मात्रा घरका सदस्यको संख्यामा भर पर्छ। त्यसैले आजभोलि यहाँ भन्ने गरिन्छ, ‘जति धेरै सन्तान, उति बढी कमाइ ९यार्सा०।’ जेठाराले गाउँमा परिवार नियोजन गर्ने क्रम पहिलेभन्दा धेरै घटेको बताए। ‘पहिलेजस्तो परिवार नियोजन गर्न आजभोलि धेरैले मान्दैनन्’, उनले भने।

दौलीचौर(८ का कुन्दन बोहोराले दुई भाइबहिनीमात्र भएकाले धेरै यार्सा टिप्न नसकेको बताए। यसपटक दुई भाइबहिनीसहित उनी यार्सा टिप्न गएका थिए। उनीहरूले ६ सय ५० वटामात्र यार्सा टिपेका छन्। कक्षा ३ मा पढ्दादेखि नै यार्सा टिप्न लागेका १७ वर्षीय कुन्दनले भने, ‘हाम्रो त के कुरारु दिनेश बोहोराका भाइबहिनीले पो धैरै कमाए।’