कांग्रेस बैठकमा हिन्दु राज्यको प्रस्ताव लगिँदै

साउन ४, काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आगामी बैठकमा नेपाललाई हिन्दु राज्य घोषणा गरिनुपर्ने प्रस्ताव छलफलका लागि पेस हुने भएको छ ।

अमेरिकामा स्वास्थ्य उपचारमा रहेका पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्केपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा विश्वमा नेपाल हिन्दु राष्ट्र भने चिनिएकाले त्यो चिनारीलाई जोगाइराख्न भन्दै सो प्रस्ताव पेस गर्न लागिएको नेपाल समाचारपत्रमा खबर छ ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपालको परिचय हिन्दु राज्यका रुपमा विश्वभर रहेको र सोही चिनारीलाई स्थापित गराउन आफूहरुले केन्द्रीय कार्यसमितिको बैठकमा छलफलका लागि प्रस्ताव लैजान लागेको जानकारी दिए ।