यौनजन्य क्रियाकलापमा संलग्न ८ जना पक्राउ

साउन २, झापा –

यौनजन्य क्रियाकलापमा संलग्न दुई होटल सञ्चालिकासहित आठ जना महिलालाई इलाका प्रहरी कार्यालय विर्तामोडले गएराति पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको  छ ।

पक्राउ पर्नेमा तिरूपति होटलका सञ्चालिका ३५ वर्षीया मीना खातुनसहित तीन जना महिला र झरना होटलका सञ्चालिका बनिता लिम्बूसहित तीन जना महिलालाई जाँचका क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका महिलाहरू पोखरा, धादिङ, नुवाकोट र चितवनका रहेको बताइएको छ ।