१४ औँ कमैया मुक्ति दिवस मनाइदै

साउन २, काठमाडौँ –

कमैया मुक्ति दिवस  आज विबिध कार्यक्रम गरी मनाइदैछ  । सरकारले कमैया मुक्ति घोषणा गरेको १४ औँ वर्ष पुगेको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले जनचेतना फैलाउने उदेश्यले यो दिवस मनाउन लागेको बताएका छन् । दिवस घोषणाको १४ वर्ष पुग्दा पनि मुक्त कमैयाहरुको उचित व्यवस्थापन हुन नसकेको उनीहरुको गुनासो  छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीकालमा सरकारले २०५७ साल साउन २ गते आजैका दिन पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा बर्षाैदेखि दासतापूर्ण जीवन बिताईरहेका कमैयालाई मुक्त गरेको थियो । त्यसयता सरकारी÷गैरसरकारी निकायले करोडौं खर्च गरे पनि उनीहरुको व्यवस्थित पुनःस्थापना हुन भने सकेको छैन ।