अध्यक्ष ओलीको नेतृत्वमा एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज

साउन,२ काठमाडौँ –

दुई साता खर्चेर महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेको केन्द्रीय कमिटीको  पहिलो  बैठक आज बस्ने भएको   छ । नवौं महाधिवेशनबाट  निर्वाचित भएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पहिलो बैठक बस्न लागेको हो । पहिलो बैठक भएकाले कुनै खास एजेण्डा नभएको नवनिर्वाचित सचिव योगेश भट्राइले जानकारी दिए ।

दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्ने  पहिलो बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबीच परिचयात्मक कार्यक्रम हुने एमालले जनाएको  छ । महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा १ सय ५८  नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।