जलस्रोतमा नियन्त्रण गर्ने भारतीय प्रस्ताव

साउन २, काठमाडौँ –

जलविद्युत विकासका नाममा भारतले नेपालको जलस्रोतमा आफ्नो नियन्त्रण कामय राख्ने गरी विवादास्पद प्रस्ताव पठाएको छा । भारतीय प्रस्ताव उपर ऊर्जा मन्त्रालयले गम्भीर अध्ययन सुरु गरेको छ ।

सन् २०१० मा नेपालले पठाएको ऊर्जा व्यापार सम्झौताको मस्यौदालाई पूर्णरुपमा बेवास्ता गरी भारतले एकलौटी ढंगले नेपालको जलस्रोत कब्जा गर्ने गरी प्रस्ताव गरेको पूर्वजलस्रोतमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । उनी अघिल्लो साता पूर्व जलस्रोतमन्त्रीहरुलाई डाकी मन्त्रालयले गरेको प्रस्तुतीकरणमा सहभागी थिए ।

ज्ञवालीका अनुसार प्रस्तुततिका क्रममा भारतीय प्रस्तावको बुँदा नम्बर ३ र ३ ‘ए’ मा देखाइएको थियो । उक्त वुँदामा भारतले आफ्नो देशका कम्पनीहरुले मात्र नेपालको जलविद्युत विकास गर्न पाउने, नेपालले चाहेमा भारतीय अनुमतिमा संयुक्त उपक्रममा सहभागी हुन पाउने र अन्यढ तेस्रो विदेशी कम्पनी सहभागी हुन नपाउने उल्लेख छ ।

भारतले चाहेको कम्पनीले मात्र नेपालको जलविद्युतमा लगानी गर्न पाउने प्रावधान पढेपछि छलफलमा सहभागी पूर्वजलस्रोतमन्त्री लक्ष्मणप्रसाद घिमिरेले ‘यो नेपालको अपमान हो’ भनेका थिए । स्रोतका अनुसार भारतीय प्रस्तावबारे परराष्ट्र मन्त्रायल अनभिज्ञ छ ।