सय करोड कमाउने चलचित्रको सुचिमा ‘एक भिलेन’ चौथो स्थानमा

मुम्बई ।
भारतीय चलचित्र  एक भिलेनले एक  सय करोडको ब्यापार गरेको  छ । निर्देशक मोहित सुरीद्धारा निर्देशित चलचित्र एक भिलेनले सय करोडको कारोबार गरे सँगै बलिउडमा यो बर्ष सय करोडभन्दा बढी कमाउने चलचित्रको  सुचिमा यो चलचित्र चौथो स्थानमा परेको  छ ।

केही दिनअघि मात्र अक्षय कुमार अभिनित फिल्म होलिडेुले सय करोड कमाएको थियो। फिल्मले सय करोड कमाएसँगै सिद्धार्थ मल्होत्रा र श्रद्धा कपुर पनि सय करोड कमाउने फिल्मको हिस्सा भएका छन्।

उनीहरुसँगै अभिनय गरेका रितेश देखमुखको भने सय करोड क्लबमा सामेल भएको यो तेस्रो फिल्म हो। रितेशले यसअघि अभिनय गरेका हाउसफुल  २ र ग्रान्ड मस्तीले सय करोड कमाएका थिए। बलिउडमा यसअघि यो वर्र्ष  जय हो  र  टु स्टेट्स र होलिडेले पनि  यस अघिनै सय करोड कमाएका थिए।