एमाले माहाधिवेशन सकियो, नव निर्वाचितलाइ प्रमाणपत्र

साउन १, काठमाडौ–नेकपा एमालेको नवौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली सहितका विजयी पदाधिकारीलाई आज निर्वाचन आयोगका अध्यक्ष सोमनाथ  प्यासीले प्रमाणपत्र प्रदान गरेका छन ।
आज एमाले मुख्यालय बल्खुमा आयोजित एक भव्य कार्यक्रमका वीच निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा शिर्ष नेताहरुले निर्वाचत सदस्यहरुलाई बधाई दिएका दिए ।
बुधबार सम्पन्न मतगणनाको अन्तीम परीणाम अनुसार केपी ओली पक्षका नेताहरु केन्द्रिरीय समितिमा बढि निर्वाचत भएका थिए ।
कडा प्रतिस्पर्धा रहेपनि अध्यक्षमा केपी शर्मा ओली  प्रतिस्पर्धी माधवकुमार नेपालले भन्दा ४४ मत बढी ल्याएर विजयी भएका थिए ।
आज प्रमाणपत्र बितरणपछि अब नयां कार्यसमितिको बैठक पनि चाडै डाकिने बताईएको छ ।