भारी बर्षा र चट्याङले बीसको मृत्यु

 बेइजिङ, १ साउन –

दक्षिणी चीनमा आएको भारी वर्षा र बाढीका तथा चट्याङबाट कम्तीमा पनि २० जनाकोे मृत्यु भएको छ ।  बाढीको कारण अझै दर्जनौँ व्यक्ति बेपत्ता भएको नागरिक मामिला मन्त्रालयलले जनाएको छ ।

बाढीको क्रम अहिले पनि जारी नै रहेको चीनिया समाचार संस्था सिन्ह्वालाई उद्धित गर्दै बिबिसीले जनाएके छ । चीनको सिन्जीआङ्ग, गुआङ्ग, युनान र गुइजोउसहित सातवटा प्रान्तीय क्षेत्रमा सो बाढीको प्रकोपले सताएको बताइएको छ । सो वर्षासँगै चट्याङबाट पनि छ जना व्यक्ति मारिएका छन् । यस प्रकोपका कारण छ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको जनाइएको छ ।

त्यसैगरी साढे तीन लाख व्यक्तिलाई वर्षा र बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसैगरी यस वर्षा र बाढीबाट कम्तीमा पनि छ हजार घरमा क्षति पुगेको छ । ती मध्ये अधिकांश घरहरु बस्नै नमिल्ने गरी भत्किएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ ।