एमालेले आज महाधिवेशनको औपचारिक समापन गर्दै

साउन १ , काठमाडौ –
दुई साता  लामो नवौँ महाधिवेशनले केन्द्रिय कमीट चयन गरेपछि एमालले आज समापन कार्यक्रम गर्दैछ  । निर्वाचन समीतिले अन्तिम नतिजा सार्वजनिक गरेकाले आज दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा महाधिवेशन समापन समारोह तथा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन संयोजक सोमनाथ प्यासीले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत पदाधिकारीहरुको मतपरिणाम अस्ति आइसके पनि केन्द्रीय सदस्यहरुको मत गन्ने काम हिजो साँझ मात्र सकिएको थियो ।

५ बर्ष अवधी हुने कार्यकालमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता  माधवकुमार नेपाल समुह पदाधिकारीमा बराबरी ७-७ जना चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा ओली पक्षले बहुमत हासील गरेको छ ।