१२ वर्षीय बालकद्धारा आत्महत्या

साउन १ , काठमाडौ –

१२ बर्षिय एक बालकले घरमा झुन्डिएर आत्महत्या गरेका छन् । छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ मा अध्ययनरत बालक  सिद्धार्थ कोइरालाले बुधबार डेरा गरी बस्दै आएको उत्तम राईको घरको छतमा झुन्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

नयाँपाटीमै रहेको चण्डिकाश्वरी अङ्ग्रेजी माविमा अध्ययनरत कोइराला मङ्गलबार विद्यालय छुट्टी भएपछि नयाँपाटी– २ मा घर बनाई बस्दै आएका काभ्रेपलाञ्चोक जिल्ला मदनकुडारी– १ का स्थायी बासिन्दा ३५ वर्षीय बुद्धिलाल तामाङले घरमा झुन्डिएर आत्महत्या गरेको दृश्य हेर्न गएका थिए ।

झुन्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दामोदर दवाडीले जानकारी दिए  । दुवैको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।