सडक नहुँदा बोकेरै ५ किलोमिटर पैदल ढुवानी

साउन १ , सप्तरी –
करिब ५ वर्षअिघ सप्तरीको भारदह गाविसमा केराखेती सुरु गर्ने ५ जनामात्रै थिए । १ विघामा जेनतेन थालेको खेती फस्टाएर अहिले ५ सय विघामा फैलिसकेको छ भने यसमा आबद्ध कृषकको संख्या बढेर ३ सय पुगेको छ ।

तर, सुरु गर्दाको दिनमै कृषकले भोगेको बाटोको समस्या आधा दशक वितिसक्दा पनि जस्ताको तस्तै छ । त्यसैले कृषकहरु अझै पनि केरा पोको पारेर ५ किलोमिटर टाढा राजमार्गसम्म पुर्‍याउँछन् । आजको कारोबार दैनिकले समाचार छापेको छ ।

भारदहमा मात्रै केरा बेचेर ५० कृषकले हिउँमा मात्रै चलाउन मोटरसाइकल किनिसकेका छन् । ५ सय विघाको केरा बेचेर यो गाउँले वर्षमा १० करोड रुपैयाँ भित्र्याउँछ ।  भारदहसहित त्यस क्षेत्रका पोर्ताहा, भलुवा, योगिनियाँ, सकरदरीलगायत गाउँका बासिन्दालाई जीविकोर्पाजनको मूख्य आधार बनेको केरा बजारीकरणको समस्या छ । बाटोजस्तो आधारभूत पूर्वाधार नहुँदा कृषक चाहेर पनि मागअनुसार केरा पुर्‍याउन सक्दैनन् । कतिपय अवस्थामा केरा बगानमै कुहिन्छ ।

‘१ विघाबाट सू भएको खेती अहिले ५ सय विघामा फैलिसक्यो तर बाटो कहिल्यै बनेन, स्थानीय केरा कृषक समूहका अध्यक्ष बच्चालाल मण्डले भने,’तर जस्तासुकै दुख भएपनि जीवन धान्ने यो खेती विस्तार गरिरहेका छौँ ।’ उनका अनुसार थप डेढसय जति विघामा भर्खरै केराखेती सुरु गरिएको छ । मण्डलका अनुरा राम्रो आम्दानी भएकै कारण अहिले ३० भन्दा बढी पढेलेखेका युवा पनि केराखेतीमा जुटेका छन् ।