एकसाथ १३ सचिवले अबकाश पाउँदै

साउन १ , काठमाडौँ –
सरकारका १३ सचिवले साउनको दोस्रो साता अनिवार्य अवकाश पाउँदैछन् । निजामती सेवा ऐनको दफा १७ बमोजिम पाँ वर्से सेवा अवधि पूरा गरेका १३ सचिवले ९ साउनमा सेवाबाट अवकाश पाउन लागेका हुन् । कर्मचारी कितावखानाका अनुसार अवकाश पाउने सचिवहरुमा सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, महिला, बालबालिका तथा समाय कल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारी, अर्थ सचिव युवराज भुसाल, वन तथा भू(संरक्षण सचिव डा। गणेशराज जोशी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्रीराम पन्तचले ९ साउनमा अबकाश पाउँदै छन् ।आजको राजधानी दैनिकले समाचार छापेको छ ।

यसैगरी उद्योग मन्त्रलायका सचिव कृष्ण ज्ञवाली, अख्तियार दुरुपयणेग अनुसन्धान आयोगका सचिव केशव भट्टराई र लोकसेवा आयोगका सचिव नाथुप्रसाद चौधरीले पनि ९ साउनमा अवकाश पाउँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। प्रवीण मिश्र, युवा तथा खेलकुद मन्त्रालयका सचिप प्रतापकुमार पाठक, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरे र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले पनि सोही दिनदेखि अबकाश पाउँदैछन् ।

यस्तै ९ साउनमा सेवा अवधि पूरा हुने भए पनि उमेर हदवन्दीका कारण राष्ट्रिय सतर्कता केन्द्रका सचिव हरिप्रसाद नेपालले ५ साउनमा सेवाबाट अवकाश पाउँदैछन् । कितावखानाका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार २० असारमा सेवा अबधि पूरा गर्ने भएपनि महालेखा नियन्त्रकको कार्यालयकी सचिव बिमला सुवेदीले उमेरको हतवन्दीका कारण ५ बैशाखमा अबकाश पाइसकेकाले ९ साउनदेखि सरकारका १४ दसचिव रिक्त हुने भएका छन् ।