एक गाविसमा लघुजलविद्युत्् आयोजना सञ्चालित

असार ३२, बाग्लुङ–  बाग्लुङ जिल्लाको दुदिलाभाटी गाविसमा मात्रै छवटा लघुजलविद्युत् आयोजना सञ्चालनमा आएका छन् । बागलुङलाई उज्यालोयुक्त जिल्ला बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग तथा स्थानीय उपभोक्ताको समेत लगानीमामा आएका हुन ।
जिल्ला विकास समिति, जिविस माताहातकै ऊर्जा तथा वातावरण शाखा र गाविससमेतको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण भई सञ्चालनमा आएका हुन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रतिआयोजनाका लागि ७० प्रतिशत आर्थिक लगानी गर्ने गरेको हो । बााकी जिविस, गाविस र स्थानीयको आर्थिक लगानी तथा श्रमदानबाट आयोजना बनाइएको गौंदीखोला प्रथम लघुजलविद्युत् आयोजनाका अध्यक्ष हीराबहादुर खत्रीले बताउनुभयो । स्थानीय गौंदीखोला, चिप्लेदीखोला र काउले खोलाको स्रोत प्रयोग गरी आयोजना निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । ६ वटै आयोजनाबाट हिउादमा १०४ र बर्खायाममा १६० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरिएको छ ।