मकाउ पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

असार ३२, काठमाडौ– छिटो र धेरै पैसा कमाउने भन्दै रोजगारीमा पठाइदिने आश्वासन दिएर ठूलो परिमाणमा रकम असुल्ने गिरोहको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पहिचान गरेको छ ।
उतm गिरोहले पछिल्लोपटक २३ जना सर्वसाधारणलाई मासिक रूपमा दुई लाख तलब पाउने गरी वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने आश्वासन दिदै जनही आठ लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ ।
ठगिएकामध्ये केही व्याक्तिले गिरोहविरुद्ध उजुरी हाले अनुसार  एक करोड ४० लाख भन्दाबढी ठगी भएको उल्लेख गरिएको छ । केही व्यक्तिलाई थाइल्याडको बैंककसम्म पुर्‍याएर अलपत्र रूपमा छोडेर भाग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोद्वारा आज आयोजित समीक्षा कार्यक्रममा जानकारी दिएको छ । त्यस कार्यमा संलग्न एक महिलासहित पााचजना रहेको पाइएकोछ । ति मध्य केहीलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।
उनीहरूले योजनावद्ध ढङ्गले सर्वसाधाराणवाट रकम असुल्ने, टिकट काट्ने, भिसा लिइदिने, बैंककसम्म पुर्‍याउने कार्यको जिम्मेवारी लिादै आएका थिए । रामकुमार थापामगर, राजन अवस्थी, मिलन राई र अनु चापागाईंलाई पक्राउ गरिसकेको ब्युरोका प्रमुख उत्तमकुमार कार्कीका वताउनु भएको छ ।