झापा विद्रोहदेखि एमाले संसदिय दलको नेता हुँदै अध्यक्षसम्म

नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली झापा विद्रोहकालीन नेतामध्ये एमालेमा रहेका शीर्ष नेता हुन । एमालेमा तेस्रो वरियातामा रहनुभएका नेता ओली दोस्रो वरियतामा रहेका नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलो पटक पार्टीको प्रमुख नेतृत्वमा पुगेका हुन् । एमालेमा उग्रवादी सिद्धान्तलाई हेर्ने दृष्टिकोणमा कडा मानिनुहुने  नेता ओली प्रजातन्त्रको आन्दोलनका क्रममा डेढ दशक लामो जेल जीवन पनि व्यतीत गरेका छन् ।

एमालेलाई जबजको मार्गदर्शनका आधारमा समाजको शान्तिपूर्ण रूपान्तरणका पक्षमा निरन्तर क्रियाशील नेता ओलीलाई पार्टीमा सबै पक्ष र विचारका नेतालाई समेटेर लाने चुनौती छ ।  नवौंँ  महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजमा उल्लेख भए झँैं मुलुकमा राजनीतिक क्रान्ति पूरा भई प्रारम्भिक पूँजीवाद आइसकेकाले अब सामाजिक आर्थिक समृद्धिका लागि दीर्घकालीन (३५ वर्षे) सपनाका साथ अघि बढ्न ओलीको नेतृत्वको चुनौती छ । तत्कालका लागि एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न र सरकारबाट सुशासन र आर्थिक सुधारका कार्यक्रममार्फत जनतालाई गणतन्त्र प्राप्तिको उपलब्धिको अनुभूति दिलाई आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने दायित्य पनि  नयाँ नेतृत्वको रहेको छ ।

पार्टीमा नेतृत्व हस्तान्तरण र एक पद एक व्यक्तिको विषय  उठाउँदै आउनुभएका नेता ओली एमाले संसदीय दलका नेता पनि हुन । ओली विजयी भएपछि एमालेका नेता, कार्यकर्ता मात्र होइन अन्य पार्टीले पनि एमालेको नयाँ नेतृत्वप्रति चासो र अपेक्षा बढेको छ । समूहगत आधारमा निर्वाचन भए पनि पदाधिकारीमा दूवै समूहका सात सात जना विजयी हुनाले एमालेका कार्यकर्ताले पार्टीलाई सन्तुलित नेतृत्व प्रणालीमा मतदान गरेको देखिएको छ । ओली एमालेको गत आठौंँ महाधिवेशनमा निवर्तमान अध्यक्ष झलनाथ खनालसँग पराजित हुनुभएको थियो । त्यसबेला ओलीलाई नेता नेपालले समर्थन गरेका थिए ।

ओली र नेपालका अतान्तर ४४ मात्र भएकाले एमालेमा कुनै नेताले अर्काे नेतालाई कमजोर आँक्न नमिल्ने सन्देश दिएको छ ।  पाँचथरको इवामा सन् १९५२ फेब्रुअरी २२ मा बुबा मोहनप्रसाद र आमा मधुको कोखबाट जन्मनुभएका ओली  पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री हुन । मदन भण्डारी मेमोरियल फाउन्डेसनका संरक्षक ओली एमालेमा वाक्कटुता भएका नेता मानिन्छन् ।