मलीन मेसी र गोल्डेन बल

लियोनेल मेसी  बर्ष २०१४ को वल्डकपमा सबैभन्दा बढी प्रयोग भएका खेलाडीको नाम मध्येको एउटा नाम हो । यो सिजन सुरु भएसँगै उनको चर्चा र वाहवाही फाइनल यात्रा सम्मै जारी रह्यो ।

MESI6सबैभन्दा बढी चर्चामा भएका खेलाडी, अर्जेन्टिनी कप्तान एवं स्ट्राइकर  मेस्सी पुर्व कप्तान डिएगो म्याराडोनाको विरासत धान्दै उनीसँग पनि त्यस्तै अपेक्षा गरेका थिए । तर बिडम्बना उनले फाइनलमा त्यस्तो केही चमात्कार देखाउन सकेनन् ।

उनको त्याो सपना फाइनल खेलसँगै काँचको सिसा झै  चकनाचुर भएर फुट्यो । फाइनलमा सामान्य खेल प्रर्दशन गरेता पनी उनलाई नै गोल्डेन बल प्रदान गरियो । तर मेसीले त्यो गोल्डेन बल पाएको कुनै खुसी अनुभुति गरेका छैनन् ।

निक्कै मेहनत गर्दा पनि जर्मनीसँग अन्तिम समयमा १ शून्यको पराजय भोग्नु परेको पीडा मेस्सीको अनुहारमा प्रष्ट देखिन्थ्यो ।गोल्डेन बलको उपाधी लिइरहँदा पनि उनले मुन्टो निहुराइरहेका  देखिन्थे ।