बिबिएस पहिलो बर्षको परीक्षाफल प्रकाशन

असार ३१, काठमाडौँ  –

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० भदौ- असोजमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह बिबिएस प्रथम वर्षको (मौका परीक्षासमेत) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने २७ परीक्षार्थीलाई २०७१ सालसम्म दुई वर्षका लागि र तीन जनालाई २०७३ सालसम्म चार वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।