अध्यक्षका प्रत्यासी ओली नेपाल भन्दा ३४ मतले अगाडि

असार ३१, काठमाडौँ  –

नेकपा एमालेको जारी मतगणनामा अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेले अग्रता लिइरहनुभएको छ । साँझ ५ बजे सार्वजनिक गरिएको मत परिणामअनुसार ओलीको ८२३ र अध्यक्षका अर्का उम्मेदवार माधवकुमार नेपालको ७८९ प्राप्त भएको छ ।

उपाध्यक्षमा भीमबहादुर रावलको ९००, वामदेव गौतमको ८८७, विद्यादेवी भण्डारीको ८७८, अष्टलक्ष्मी शाक्यको ८३२, युवराज ज्ञवालीको ८४३, किरण गुरुङको ८३१, राजेन्द्रप्रसाद पाण्डेको ८२३, धर्मनाथप्रसाद साहको ८२३, लालबाबु पण्डितको ८०४ र प्रदीप नेपालको ७८२ प्राप्त भएको छ । महासचिवमा पाण्डेको ८१८, ईश्वर पोखरेलको ८०६ मत प्राप्त भएको छ । यस्तै उपमहासचिवमा विष्णुप्रसाद पौडेलको ८५३, घनश्याम भुसालको ८७२, शङ्कर पोखरेलको ८१३ र रघुजी पन्तको ७७३ मत छ ।

सचिवमा गोकर्णराज विष्ट एक हजार १४, प्रदीपकुमार ज्ञवालीको ९०६, योगेश भट्टराईको ८६६, भीमप्रसा द आचार्यको ८१६, परशुराम मेघी गुरुङको ८११, पृथ्वी सुब्बा गुरुङको ८११, विष्णु रिमालको ७८७, वेदुराम भुसालको ७८४, केशवलाल श्रेष्ठको ७३९ र रघुवीर महासेठको ७२३ मत आएको छ ।

अब मतगणना हुन ४३२ मत बाँकी रहेको एमाले प्रचार विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारीको नतिजा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।