इन्डो नेपाल मार्सल आर्ट सुरु

असार ३१, काठमाडौँ –
नेपाल नेशनल मार्सल आर्ट महासंघको आयोजनामा आजदेखि काठमाडौंमा इन्डो नेपाल मार्सल आर्ट खेलकुद च्याम्पियनसीप सुरु भएको छ ।

प्रतियोगितामा नेपाल र भारतका गरि २ सय ५० खेलाडीको सहभागिता रहेको छ । आज र भोलि दुई दिन चल्ने प्रतियोगितामा आइटिएफ तेक्वान्दो र तङइल मोदो गरि दुई विधामा कुल ४५ स्वर्णका लागि प्रतिस्पर्धा सुरु भएको हो ।

प्रतियोगितामा आइटिएफतर्फ १ सय ५० र तङइल मोदोतर्फ १ सय खेलाडीले सहभागिता जनाएका छन् ।