पिङले दिए मोदीलाई चीन भ्रमणको निम्तो

असार ३१, काठमाडौँ  –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन भ्रमणका निम्तो दिएका छन् । राष्ट्रपति सिले उनलाई चाँडै चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएका छन् ।

ब्राजिलमा आजदेखि सुरु हुन गइरहेको ब्रिक्सको बैठकमा जानुभएका उहाँहरुबीच मङ्गलबार बिहान भेटवार्ता भएको र सो भेटका क्रममा राष्ट्रपति सिले समय मिलाएर जतिसक्यो चाँडै चीन भ्रमणका लागि मोदीलाई आमन्त्रण गर्नुभएको बताइएको छ ।

उनीहरुले दुई देशबीचको सम्बन्ध विकासका विभिन्न आयाममा छलफल गरेका थिए । विकासका साझेदारका रुपमा आगामी दिनमा दुई देश मिलेर जानुपर्नेमा उहाँहरुले जोड दिनुभएको बताइएको छ ।  सो बैठक आजदेखि ब्राजिलमा सुरु हुँदैछ । भोलिसम्म सञ्चालन हुने सो बैठकमा ब्रिक्समा आवद्ध देशहरुको सहभागिता रहेको छ ।