नेपाल प्यानल सहित अगाडी, पदाधिकारीको मत गणना केही बेरका लागी स्थगीत

असार ३०, काठमाडौँ –

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना अनुसार पदाधिकारीको मत गन्न केही क्षण रोकिएको   छ।  । ढिलोगरी सुरु भएको  केन्द्रीय सदस्यको पनि सँगसँगै गनेर अगाडि लैजाने भन्दै निर्वाचन आयोगले पदाधिकारीको मत गणना स्थगन गरेको हो ।

अध्यक्षका प्रत्सासी माधव कुमार नेपालको प्यानलले अग्रता कायम राखेको  छ । एमाले पदाधिकारीको मतगणनाको पछिल्लो मतगणनाअनुसार माधव नेपाल प्यानल पक्षले १४ मध्ये १३ पदमा अग्रता लिएको छ। ओली पक्षका सचिव पदका उम्मेदवार प्रदीप ज्ञवालीबाहेक ओली प्यानलका सबै उम्मेदवारहरु पछि परेका छन्।

हालसम्मको ताजा परिणाम अनुसार माधव कुमार नेपालको ६६६ मत छ भने केपी शर्मा ओलीको ६०१ मत  छ ।  एमाले नेता ठाकुर गैरेका अनुसार हाल सम्मको नतीजा यस्तो  छ ।

अध्यक्ष
माधव नेपाल ६६६

केपी ओली ६०१

उपाध्यक्ष

भीम रावल ६९०

लालबाबु पण्डित ६५५

अष्टलक्ष्मी शाक्य ६५३

राजेन्द्र पाण्डे ६६३

युवराज ज्ञवाली ६८७

वामदेव गौतम ६३६

विद्या भण्डारी ६२०

प्रदीप नेपाल ५६१

किरण गुरुङ ५५२

धर्मनाथ प्रसाद शाह ५४४

महासचिव

सुरेन्द्र पाण्डे ६६२

ईश्वर पोखरेल ५८९

उपमहासचिव

घनश्याम भुसाल ६५४

रघुजी पन्त ६३२

विष्णु पौडेल ६१८

शंकर पोखरेल ५९१

सचिव

योगेश भट्टराई ६८६

गोकर्ण बिष्ट ७७६

वेदुराम भुसाल ६३०

भीम आचार्य ६६४

परशुराम मेघी गुरुङ ६३१

प्रदीप ज्ञवाली ६४१

पृथ्वी सुब्बा गुरुङ ५८२

बिष्णु रिमाल ५७१

रघुवीर महासेठ ५३२

केशवलाल श्रेष्ठ ५०५