ज्याकलिनले पूर्व प्रेमी साजीदको चलचित्र नर्हेने

असार ३०, काठमाडौँ ।

भारतीय चलचित्र किकका कारण हाल चर्चामा रहेकी नायिका ज्याकलिनल  फर्नान्डेजले उनका पूर्व प्रेमीको चलचित्र नर्हेने घोषणा गरेकी छिन् ।

हट नायिका ज्याकलिनले आफूले यसअघि उठबस गरेका उनका पूर्व प्रेमी ज्याकलीनको चलचित्र हलमा गएर नर्हेने बताएकी हुन् ।

उनले साजीदको चलचित्र   ‘हमसकल’ घरमै बसेर टेलीभिजनमा हेरेर सोस पोख्ने पनि बताएकी छिन् ।

रिलिजको तर्खरमा रहेको चलचित्र किकका नायक सलमानका कारण पनि चर्चामा रहेकी ज्याकलीनले एक कुराकानीमा सलमानले आफूलाई घर किनीदिएको भन्ने कुरा हल्ला भएको र आफुले हालै मात्रै गाडी किन्न सकेको बताएकी छिन् ।

उनले आफ्नो कमाइले घर बनाउने सपना जीवनकै सुन्दर सपना भएको बताएकी छिन् ।