घुस लिँदा दिँलै स्थानिय विकास अधिकारी पक्राउ

असार ३०, रौतहट –

घुस लिदा लिदै रौतहटका  एक स्थानीय विकास अधिकारी  पक्राउ परेका छन् । आज बिहान स्थानीय हेल्पलाइन नेपाल नामक सँस्थासंग १ लाख २० हजार घुस लिँदालिँदै  वसन्तकुमार भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार  अभियुक्त भण्डारीले संस्थाका प्रतिनिधिलाई गौरमा रहेको आफ्नै निवासमा बोलाएर घुस लिएका थिए ।  थप अनुसन्धानका लागी भण्डारीलाई  जिल्ला प्रहरी कार्यालय  रौतहटमा राखिएको  छ   ।