बजेट महत्वाकाङ्क्षी र सस्तो लोकप्रियतावादी : नेमकिपा

असार ३०, काठमाडौँ  –

नेपाल मजदुर किसान पार्टीले आर्थिक वर्ष २०७१-७२ को बजेट निक्कै महत्वाकाङ्क्षी र सस्तो लोकप्रियतावादी भएको धारणा राखेको छ । बजेटले सभासद्लाई विनायोजना, विनासंयन्त्र र अपारदर्शी किसिमले खर्च गर्ने जुन  एक करोड प्रदान गरेको छ र आगामी दिनमा यो रकम अझ बढाउने प्रतिबद्धता जाहेर गरेको छ  । त्यो एकदमै बिवादास्पद रहेको सो पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा सभासद्हरुको जिम्मेवारी र दायराभन्दा बाहिर गएर उनीहरुलाई जनताले तिरेको ठूलो करको हिस्सा प्रदान गर्नुपर्ने कुनै आवश्यकता नभएबको उल्लेख गरिएको छ ।  बजेटले वर्तमान सन्दर्भमा संविधानसभाबाट ध्यान अन्यत्र मोड्ने र जनता तथा राष्ट्रको हितमा अग्रगामी संविधान बनाउने कार्यमाथि नै अविश्वास बढाउनुका साथै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेभन्दा भ्रष्टाचार, कमिशनखोरी, मुद्रास्फिति र मूल्यवृद्धिलाई बढावा दिने दिशा लिएको उल्लेख गरिएको छ ।