एमालेमा दोश्रो दिनको मतगणना सुरु, ओली समुहको अग्रता कायमै

असार ३०, काठमाडौँ –

नेकपा एमालेको भावी नेतृत्वका लागी  आइतबारबाट स्थगित मतगणना केही बेर अघिबाट सुरु भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कर्वडहलमा केही बेर अघि सुरु भएको  मतगणनाको केीनद्रय निकायमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले अर्का प्रत्यासी माधुव कुमार नेपालले भन्दा ५० भोटको अग्रता लिएका छन् । त्यस्तै पदाधिकारीमा पनि ओली समुहका अधिकांश नेताहरुले अग्रता लिएका छन् ।
गएराती ६ वटा वुथमा गणना भएकोमा अहिले १२ वुथमा गणना भैरहेको छ । दोब्बर ठाउँमा गणना भैरहेकाले मत परिणाम छिटो आउने निर्वाचन आयोगले जनाएको  छ ।  अध्ययक्षमा माधवकुमार नेपालको प्यानल केही मतले पछि रहेको छ ।

पदाधिकारी सहित १ सय ५८ सदस्यका लागि ३ सय ३५ जना चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा माधवकुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।