२४ बर्षपछि विश्वकपको उपाधि जर्मनीले चुम्यो

असार ३०, काठमाडौँ –
विश्वकपको गएराती सम्मपन्न फाइनल खेलमा अर्जेन्टिनालाई ० का विरुद्ध १ गोलले हराउदै जर्मनीले बर्ष २०१४को उपाधि जितेको छ । २ पटकको विश्वकप बिजेता अर्जेन्टीनालाई  पराजित  गर्दै जर्मनीले  २४ बर्ष पछि चौथो पटक विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

निर्धारित ९० मिनेटमा गोल नभएपछि ३० मिनेटको अतिरिक्त समयमा जर्मनीका लागि एकमात्र गोल मारियो गोट्जेले गरेका हुन् । खेलको ८८ औ मिनेटमा मैदान प्रवेश गरेका गोट्जेले ७ मिनेट मात्रै बाँकी हुदा खेलको ११३ औँ मिनेटमा  गरेको गोल नै जर्मनीलाई उपाधि चुमाउन निर्णयक गोल बनेको थियो ।

कप्तान लियोनेल मेसी फाइनलमा सोचृे अनुसार चम्किन नसकेपछि पहिलो हाफमा भएको गोल अपसाइट भएपछि अर्जेन्टीनाको दुर्भाग्य सुरु भएको थियो । अजेन्टीनालmे गोलका लागी पाएका थुप्रै अवसरलाई सदुपयाग गर्न सकेनन् । जर्मनीले यसअघि सन् १९९० मा तत्कालीन पश्चिम जर्मनी रहदा अर्जेन्टीलाई पराजित गर्दै उपाधि चुमेको थियो ।