सिंहदरबार अगाडिबाटै शेयर बजारको लाइभ

असार ३०, काठमाडौँ –

अब सिंहदरबार गेट अगाडि राष्ट्रिय बाणिज्य बैक केन्द्रीय कार्यालयको छत०बाटै शेयर बजारको प्रत्यक्ष जानकारी पाइने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि सो स्थानबाट लेड भिजुअल बोर्ड मार्फत शेयर बजारको प्रत्यक्ष जानकारी दिन सुरु गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले शेयर बजारका बारेमा सजिलै प्रत्यक्ष, जानकारी पाउन् भन्ने उद्देश्यले लेड भिजुअल बोर्ड स्थापना गरिएको नेप्सेका महाप्रवन्धक सीताराम थपलियाले बताए । आजको अभियान दैनिकले समाचार छापेको छ ।

‘परीक्षणका लागि पहिलो चरणमा सिंहदरबार अगाडि लेड भिजुअव बोर्ड राखिएको छ, थपलियाले भने,’आगामी दिनमा अन्य स्थानहरुमा पनि राख्ने योजना छ ।’ यसअबाट शेयर बजारबारे जानकारी पाउनुका साथै दैनिक गतिविधि प्रत्यक्षरुपमा हेर्न पाइने भएकाले लगानीकर्ताहरुका लागि यो निकै उपयोगी हुने नेप्सेका महाप्रबनधक थपलियाले बर्ता ।

अहिले नेप्सेको बेबसाइट र शेयर ब्रोकर कम्पनीमा मात्र हेर्न सकिने यस्तो प्रत्यक्ष कारोबार सार्वजनिक स्थलमा पनि हेर्न पाउनु लगानीकर्ताका लागि लाभदायक भएको विश्लेषकहरुले बताएका छन् ।

पुर्खौदेखि तराईका जिल्लासँग जोडिएका बजारहरु लुगाफाटो, नुन, तेललगायत दैनिक आवश्यक सामान किनेर गुजारा चलाउने यहाँका स्थानीयहरु अधिकांश त अहिले आफै व्यापारी बनिसकेका छन् । जिल्लामा पुराना बजारहरु साँफेबगर, मंगलसेन र कमलबजार लगायत ठाउँका गितभन्दा व्यापार व्यवसाय घटेको त्यहाँका व्यापारीहरुको भनाई छ ।