सडक विस्तारले गाउँमै नुनदेखि सुनसम्म

असार ३०, काठमाडौँ –

सडक सञ्जाल जोडिएपछि अछामका अधिकांश गाउँ बजारमा परिणत भएका छन् । सदरमुकामदेखि हप्तौँ लाग्ने विभिन्न गाविसका कुनाकुनासम्म सडक पुगेपछि अहिले पुराना मूख्य व्यापारिक केन्द्रहरु सुनसान बन्दै गएका छन् ।

केही वर्षपहिले जम्मा तीनओटा चिया पसल मात्र देखिने अछामको कुन्ती बन्डालीस्थित सुवाखादमा एक वर्षमा ठूलै बजार विस्तार भएको छ । आजको राजधानी दैनिकले समचार छापेको छ ।

‘घन्टौँ लगाएर सहरबाट खाद्यान्न बोकेर ल्याउँनु पथ्र्यो , तर अहिले नुनदेखि सुनसम्म गाउँमै किन्न पाइन्छ । ‘स्थानीय भीमवहादुर रानाले लखुसी व्यक्त गर्दै भने,’गाउँगाउँमा बजार विस्तारभएपछि लामो समय खर्चेर टाढाटाढाबाट सामान ल्याउनु पर्ने बाध्यता पनि हटेको छ ।’

पुर्खौदेखि तराईका जिल्लासँग जोडिएका बजारहरु लुगाफाटो, नुन, तेललगायत दैनिक आवश्यक सामान किनेर गुजारा चलाउने यहाँका स्थानीयहरु अधिकांश त अहिले आफै व्यापारी बनिसकेका छन् । जिल्लामा पुराना बजारहरु साँफेबगर, मंगलसेन र कमलबजार लगायत ठाउँका गितभन्दा व्यापार व्यवसाय घटेको त्यहाँका व्यापारीहरुको भनाई छ ।