लेखा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाइनुपर्छः राष्ट्रपति

असार  २९,  काठमाडौँ  ।  राष्ट्रपति डा रामवरण यादवले मुलुकको लेखा व्यवसायको प्रवद्र्धनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । संस्थाको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारी लगानी र नियमित खर्चललाई व्यवस्थित र मितव्ययी बनाउन संस्थाको महत्वपूर्ण भूमिका रहेकाले यसलाई व्यवस्थित, पारदर्शी र दिगो बनाइनुपर्नेमा जोड दिए ।

राष्ट्रपति डा यादवले “संस्थाले दक्ष र सफल सिए उत्पादन गरी संस्थालाई मर्यादित बनाउन सक्नुपर्ने र लेखाव्यवसायीको क्षमतावृद्धि गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष महेशकुमार गुरागाईंले मुलुकको एक मात्र नियमनकारी संस्थाले दक्ष सिए उत्पादन गरी लेखाव्यवसायलाई अन्तर्राष्ट्रिय पहिचान दिलााउन सफल भएको बताए ।

दक्षिण एसियाली लेखा व्यवसायी सङ्गठन ९साफा० का अध्यक्ष सुबोधकुमार अग्रवालले दक्ष सिए निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको संस्थाको भवन निर्माणमा  सरकारले पुर्याएको योगदानले थप ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो । भवन निर्माण समितिका सभापति  डा सुबोधकुमार कर्णले १७ वर्षको निरन्तर प्रयासपछि संस्थाको भवन बनाउन सफल भएको बताए  ।

ललितपुरको सातदोबाटोस्थित उद्योग मन्त्रालयको स्वामित्वमा रहेको छ रोपनी छ आना जग्गा ५० वर्षका लागि भाडामा लिएर संस्थाले अत्यधुनिक भवन निर्माण गरेको हो ।