पहिरामा परी तीन जनाको मृत्यु

असार २९, ललितपुर –

लेले गाविसस्थित महादेव खोलामा रहेको युनाइटेड सिमेन्ट प्रालिका नाममा दर्ता गरी लक्ष्मण सिलवालले सञ्चालन गर्दै आएको ढुङ्गाखानीमा ढुङ्गा निकालिरहेको अवस्थामा पहिरो आउँदा पुरिएर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा लेले गाविस–४ का खानी सञ्चालक लक्ष्मण सिलवाल र सोही स्थानका श्याम तामाङ तथा सिन्धुपाल्चोक माङखा–२ का भूपेन्द्र चालिसे छन् ।

पहिरोमा परेकाहरूलाई महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा खटिगएको टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको महानगरीय प्रहरी परिसर जावालाखेलका प्रवक्ता पवनकुमार गिरीले बताए ।

पहिरोमा पुरिएको अवस्थामा एक जनाको उद्धार भइरहेको र तीन जना घाइते भएका छन् । घाइते भारदेउ गाविस–१ का अमित तामाङ, धादिङ सिम्लेका वीरबहादुर तामाङ र लेले गाविस–९ का शेखर महतको बिएन्डबी अस्पताल ग्वार्काेमा उपचार भइरहेको छ ।