तेहैं योजनाको विस्तृत दस्तावेज स्वीकृत

असार २९, काठमाडौँ –

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले तेह्रौँ योजना (आर्थिक वर्ष २०७०-०७१–२०७२- ०७३)को विस्तृत दस्तावेज स्वीकृत गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा आज बसेको बैठकले योजनाको नतिजा खाका तयार गरी कार्यान्वयनमा लैजान सचिवालयलाई निर्देशन पनि दिएको छ ।

बैठकले आर्थिक वर्ष २०७१÷०७२ का लागि तयार गरिएको वार्षिक विकास कार्यक्रमको स्वीकृति गरेको आयोगले जनाएको छ ।