वर्षासँगै झाडाबान्ता र भाइरल ज्वरोका बिरामी बढे

असार २९, जाजरकोट ।      दूषित पानीका कारण जाजरकोटमा ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनियालगायतका रोगका बिरामीको सङ्ख्या बढेको छ ।     बिरामीको सङ्ख्य बढेपछि केही दिनयता यहाँका जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अहिले जिल्लाका ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थालगायत सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बिरामी बढिरहेका छन् ।

जिल्ला अस्पतालमा एक हप्तायता ज्वरो, झाडाबान्ता, टाइफाइड र निमोनियाका बिरामी दैनिक ३० देखि ५० जनासम्म आउने गरेको अस्पतालले जनाएकोृ छ । अस्पतालका  अनुसार उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो उपचार गरेर घर फर्कने गरेका छन् भने केहीलाई अस्पतालमा नै भर्ना गरिएको छ ।

वर्षाका कारण पिउने पानी दूषित, हुनु, पानीमा भिजेर खेतीपातीको काम गर्नु, दूषित खानेकुराका कारण पनि यी रोगका बिरामी बढेको बताइएको छ । अनावश्यकरूपमा पानीमा नभिज्न, पानी सकभर उमालेर वा त्यो सम्भव नभए पानीमा हाल्ने औषधि पियुस र पोटासको प्रयोग गरेर मात्र पिउन र बासी, सडेगलेका खानेकुरा नखान सल्लाह अस्पतालले सुझाब दिै आएको छ ।