आज बजेट सार्वजनिक हुदै, कृषि र उर्जामा प्राथमिकता

असार २९, काठमाडौँ –

आर्थिक बर्ष २०७१-०७२ को बार्षिक बजेट आज सार्वजनिक हुने भएको छ । ब्यवस्थापिका संसदमा आज ६ खर्ब २० अर्ब हाराहारीको बजेट सरकारले आज  प्रस्तुत गर्ने भएको छ ।    अर्थमन्त्री डा रामशरण महतले आज सार्वजनिक गर्ने बजेटमा पूर्वाधार विकास, उर्जा, जलस्रोत कृषिमा प्राथकिता दिइएको छ ।

निर्वाचन क्षेत्र विकासका लागि पनि छुट्टै बजेट विनियोजन हुनेछ । पुराका कार्यक्रमले प्राथमिकता पाउने र केही नयाँ कार्यक्रम पनि थपिने अर्थका अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय योजना आयोगले तोकेको सिलिङमै आधारित हुनेगरि बजेट विनियोजन हुन लागेको छ । यसपटक कर्मचारीको तलब पनि केही मात्रमा बृद्धि गर्ने सरकारको तयारी छ । मदिराजन्य बस्तुको राजस्वमा बृद्धि गरिनेछ ।