एमाले महाधिवेशन एक तिहाइ पनि परेन महिलाको उम्मेदवारी

असार २९ , काठमाडौँ । एमालेको भ्रातृ संस्था अखिल नेपाल महिला संघले जारी नवौँ महाधिवेशनले एक तिहाइ महिला सहभागिताका लागि विषय उठान गरेपनि उम्मेदवारी दिने महिलाको संख्या नै एक तिहाइ पुगेन । उम्मेदवारी एक तिहाइ नभएकाले महिलाको संख्या अपेक्षाकृत रुपमा बढ्न नसक्ने देखिएको छ ।

नवौँ महाधिवेशनमा जम्मा ४ सय १५ जनाले पदाधिकारीलगायत अन्य पदका लागि उम्मेदवारी दिएका छन् । जसमध्ये उम्मेदवारी दिने महिलाको संख्या ६१ जना मात्र छ । जुन कुल उम्मेदवारीको १४ प्रतिशत मात्र हो । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

विधानमा गरिएको व्यवस्थाअनुसार ४५ प्रतिशत आरक्षणमध्ये एक तिहाई महिलाका लागि छुट्याइएको छ, जुन पूर्ण सदस्य १७ जना र बैकल्पिक पाँच जना गरेर २२ जना हुन आउँछ । यो आरक्षण कोटाको १३ दशमलब १४ प्रतिशत मात्र हो । त्यसबाहेक अन्य पदमा बरिष्ठ नेता केपी शर्मा ओलीको प्यानलबाट पाँच जना र माधव कुमार नेपालको प्यानलबाट चारजना मात्र रहेका छन् ।

सुरक्षित सिट २२ र दुबै प्यानलबाट उम्मेदवारी दिएका नौँ जना गरेपनि ३१ जना मात्र हुन्छ । महिला कोटाबाहेक अरुमा प्यानलबाट उम्मेदवारी दिएका सबैले जित्दा पनि केन्द्रीय कमिटीमा महिलाको संख्या २० प्रतिशतको हाराहारीमा मात्र हुन जान्छ । दलित, मधेसी, जनजाति, पिछाडिएको क्षेत्र लगायत अरु आरक्षण सिटमा पनि पुरुषकै उम्मेदवारी बढी छ । महिलाले बारिहबाट उठाएजसरी उम्मेदवारीका लागि पार्टीभित्र सशक्ता आजाव उठाउन नसकेको केन्द्रीय सदस्यकी उम्मेदवार बिन्दा पाण्डे बताउँछिन् ।

महिलाले महिलाससँग प्रतिपस्र्धा गर्दा जित्ने विश्वास उनको छ ।  तर पुरुषसँगको प्रतिस्पर्धामा हारिने डर हुँदा आरक्षितबाहेका सिटमा उठ्न उनीहरु नचाहने पाण्डेको तर्क छ ।