जातीय आधारमा राज्यको पुनःसंरचनाको कुरा उठाएको छैन : प्रचण्ड

असार २८, काठमाडौँ –

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानका लागि आफ्नो पार्टी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।

पहिचानमा आधारित सङ्घीय गठबन्धनको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै दाहालले जातीय आधारमा राज्यको पुनःसंरचना गर्ने भन्ने कुरा नउठाएका प्रस्ट्ट्टाए । सो अवसरमा उनले पछाडि पारिएका र राज्यको मूल प्रवाहमा कहिल्यै पदाहालले न समाहित नभएकालाई एकीकृत बनाउने लक्ष्य राखेको बताए  ।

एमाओवादी जातिवादी पार्टी नभएको तर पहिचानमा आधारित राज्यको पक्षमा भने रहेको चर्चा गर्दै उनले सबै पहिचान पक्षधरलाई अधिकार सम्पन्न बनाउन तत्पर रहेको र आफूलाई अपराधी घोषणा गरिए त्यसलाई स्वीकार्ने  तर त्यसको विपक्षमा सम्झौता हुन नदिनेमा उनको जोड थियो ।

संविधानसभाभित्र प्रमुख ठूला दलको हाउभाउ र चालढाल हेर्दा जनताको पक्षमा संविधान नलेखिने खतरा बढेर गएको तर्क गर्दै उनले संविधानसभाभित्र रहेका दलहरु र संविधानसभा बाहिर रहेका दलहरु नमिल्ने हो भने परिवर्तनको प्रक्रिया संस्थागत हुन नसक्ने आशङ्का व्यक्त गरे  ।

संविधानसभाको दोस्रो निर्वाचनको तयारीका क्रममा केही दलले ‘थ्रेसहोल्ड’ राख्न खोजेको तर एमाओवादीकै पहलमा त्यसलाई नराखिएका कारण आज संविधानसभामा थोरै सङ्ख्यामा भए पनि साना दलको उपस्थिति हुन सकेको जिकिर गरे ।

परिवर्तनकारी शक्तिहरु फुट्दा अन्य शक्तिले फाइदा उठाएको भन्दै उहाँले माओवादी विचार राख्ने र पहिचानसहितको सङ्घीयताका पक्षधरहरुलाई एकै ठाउँमा ल्याउने प्रयास सुरु गरिएको र यसले सकारात्मक सङ्केत गरेको उनको दाबी थियो ।