अफगानिस्तानको विवाद मिलाउने प्रयासमा विदेशमन्त्री केरी

असार २८, काठमाडौँ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले अफगानिस्तानका अधिकारीहरुसँग भेटवार्ता गर्ने भएका छन् ।  हाल त्यहाँ देखा परिरहेको राजनीतिक सङ्कटको समाधानका लागि अफगानिस्तान पुगेका छन् ।

अफगानिस्तानमा राष्ट्रपतिको निर्वाचन परिणामका कारण सुरु भएको नयाँ राजनीतिक विवादको समाधानका लागि उहाँले शनिबार निर्वाचन परिणाम बहिस्कार गरका नेता अब्दुल्लाह अब्दुल्लाहसँग पुनः भेट्न लागेका हुन् ।

विदेशमन्त्री केरीले अफगानिस्तानको राजधानी काबुल पुग्नुभएलगत्तै हिजोदेखि नै भेटवार्ताको क्रमलाई निरन्तारता दिएका छन् । उनको उपस्थितिका लागि निकै नै कडा सुरक्षाको व्यवस्था गरिएको बिबिसीले  जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले उक्त निर्वाचनका मतपत्रको बिमा गरिने कुरालाई अघि सारेको छ । सोही विषयमा आज छलफल हुने बताइएको छ ।