असार २८ काठमाडौँ –
विद्युत्भार कटौतीका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन सकेको छैन । भूकम्प मापन गर्ने देशकै एकमात्र केन्द्रीय निकाय राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरमा विद्युत्भार कटौतीले भूकम्प मापनको काम प्रभावकारी बन्न नसकेको हो ।
विद्युत्भार कटौतीले विद्युतीय उपकरण २४ सैँ घण्टा चल्न नसकेको तथा बिजुली र इन्टरनेट नहुदा झनै समस्या थपिएको केन्द्रले जनाएको छ ।
भूँइचालो आए अटोमेटिक सिस्टमबाट केन्द्रमा टेलिफोनमार्फत जानकारी हुने भएकोले दूरसञ्चारको नेटवर्क कमजोर हँुदा पनि समस्या भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।