तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्याण्ड आज राति भिड्दै

असार २८, काडमाडौँ –

ब्राजिलमा जारी विश्वकप फुटबलको सेमिफाईनलमा पराजित भएका आयोजक राष्ट ब्राजिल र नेदरल्याण्ड आजराति तेस्रो स्थानका लागि भिड्दैछन् ।

जर्मनीसंग सेमिफाईनलमा लज्जास्पद हार ब्यहोरेको ब्राजिल अर्जेन्टिनासंग टाईब्रेकरमा हारेको नेदरलयाण्ड आज राति आमुनेसामने हुने भएका हुन । दुई टिमबीचको खेल राति पौने १ बजे हुनेछ ।

सेमिफाईनलमा जर्मनिसंग ७–१ गोल अन्तरले पराजित भएको ब्राजिल आज घरेलु मैदानमा सान्त्वना जित दर्ता गर्ने प्रयासमा हुनेछ । यस्तै अभागि टिमको उपनामा पाएको नेदरल्याण्ड पनि तेस्रो स्थानमा चित्त बुझाउने रणनीतिमा मैदानमा उत्रिदैछ ।

नेदरल्याण्ड र ब्राजिलका प्रशिक्षकले फाईनल यात्रा तय गर्न नससकेकाले यो खेल औपचारिकमात्र हुने प्रतिक्रिया दिएका छन ।