पाँच पटकको रेडीयोथेरापि पछि प्रम कोइरालाको स्वाथ्यमा सुधार

असार २८, काठमाडौँ ।

उपचारको क्रममा अमेरिकामा रहनु भएका प्रधानमन्त्रि शुशिल कोइरालाको आज स्वास्थ्य परिक्षण गरिएको छ । फोक्सोमा क्यान्सर देखिएपछि यसअघि प्रधानमन्त्रि कोइरालालाई पाँच दिन रेडियो थेरापि गरिएको थियो । रेडियोथेरापी पछि आज उहाको स्वास्थ्य परिक्षण गरिएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले रेडियो थेरापिको परिणाम राम्रो आएको बताएको प्रम कोइरालाका निजि चिकित्सक करविरनाथ योगिलाई उद्धित गर्दै प्रमका प्रस सहयोगी प्रकाश अधिकारीले  जानकारी दिए ।

करिब एक हप्ता आरम गरेपछि कोइरालालाई नेपाल कर्फन चिकित्सकहरुले सुझाव दिएको बताइएको छ   । प्रम कोइरालाको असार २ गतेदेख अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।