खर्च कटाएर सहारा क्लबद्धारा २९ लाख बचत

असार २८, पोखरा –

सहारा क्लब पोखराको आयोजनामा गत फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालित बाह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यबाट आयोजित उक्त प्रतियोगितामा  २९ लाख एक हजार ७६७ बचत भएको छ ।

प्रतियोगितामा  ७८ लाख ६२ हजार ७२४ आम्दानी र  ४९ लाख ६० हजार ९५७ खर्च भएको कोषाध्यक्ष विश्वराज बरालले जानकारी दिए  ।

प्रतियोगितामा प्रायोजनबाट  २२ लाख पाँच हजार, प्रवेश टिकटबाट  ३३ लाख ५५ हजार ११७, ब्यानर एवम् आर्थिक सहयोगबाट  १९ लाख ३८ हजार ९१०, विजेता प्रोत्साहन आम्दानी  तीन लाख ५१ हजार र बैंक ब्याजबाट  १२ हजार ६९७ आम्दानी भएको थियो ।