फिफाद्धारा गोल्डन बल र गोल्डेन ग्लोभ्सका दावेदारको मनोनयन सार्वजनिक

असार २८, काठमाडौँ –

फिफाले गोल्डेन बल पाउने खेलाडीको मनोनयन  गरेको छ । विश्वकपका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन बल दिइने प्रचलन रही आएको छ । गोल्डेन बलका लागि अर्जेन्टिनाका लियोनेल मेसीसहितका ३ जना खेलाडी मनोनयनमा परेको बिबिसी स्पोस्र्टले जनाएको छ ।

एन्जेल डी मारिया र जाभियर मास्चेरानो पनि उक्त सुचीमा सुचिकृत छन् । उता जर्मनीका म्याट्स ह्युम्मेल्स, टोनी क्रुज, फिलिप ल्हाम र थोमस मुलर सहित ४ जना पनि यो सूचीमा छन् । त्यस्तै  ब्राजिलका नेयमार, कोलम्बियाका जेम्स रोड्रिगेज र नेदरल्याण्ड्सका आर्जेन रोबिन पनि गोल्डने बलको संभावित १० खेलाडीमा परेका छन् ।

यस्तै फिफाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्सका लागि पनि मनोनयन सार्वजनिक गरेको छ । कोष्टारिकाका केलोर नाभास, जर्मनीका म्यानुयल नेउर र अर्जेन्टिनाका सर्जियो रोमेरो यो सूचीमा छन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट यूवा खेलाडीको सूचीमा भने फ्रान्सका २ जना खेलाडी छन् । नेदरल्याण्ड्सका मेम्फिस डेप्ये का साथै फ्रान्सका पउल पोग्बा र राफेल भराने मध्ये एकले उत्कृष्ट यूवा खेलाडीको पुरस्कार पाउने छन् ।एजेन्सीको सहयोगमा